• गृहपृष्ठ
  • प्रभु क्यापिटलका ग्राहकहरुलाई गुहेश्वरी डेण्टल मल्टिस्पेसालिटी एण्ड इम्प्लाण्ट हवमा विशेष छुट

प्रभु क्यापिटलका ग्राहकहरुलाई गुहेश्वरी डेण्टल मल्टिस्पेसालिटी एण्ड इम्प्लाण्ट हवमा विशेष छुट

Aug 20th, 2023

काठमाडौं, भदौ ३

प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको डेण्टल सम्बन्धि कुनै पनि उपचार गर्दा लाग्ने खर्चको लागि गुहेश्वरी डेण्टल मल्टिस्पेसालिटी एण्ड इम्प्लाण्ट हव प्रा.लीसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र गुहेश्वरी डेण्टल मल्टिस्पेसालिटीको तर्फबाट संचालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका छन् । सम्झौतासंगै क्यापिटलका ग्राहकहरुले गुहेश्वरी डेण्टल मल्टिस्पेसालिटीमा सेवा लिदाँ १५% छुट पाउन सक्छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर गुहेश्वरी डेण्टल मल्टिस्पेसालिटीलाई उपलब्ध गराउनु पर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्षसम्म लिन सक्नेछन् ।

ललितपुर, पुलचोकमा रहेको गुहेश्वरी डेण्टल मल्टिस्पेसालिटी एण्ड इम्प्लाण्ट हव, अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस एण्ड इम्प्लाण्ट हवबाट ग्राहकहरुले डेन्टल चेकअप, डेन्टल फिलिङ्ग, तिथ ब्लीचिंग, डेन्टल एक्सट्राक्सन, तथा अन्यसेवा लिन सकिने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।