ललितपुरमा समानान्तर पार्किङ सुरु 

Aug 19th, 2023

ललितपुर, भदौ २

ललितपुरमा आज शनिवारदेखि समानान्तर पार्किङ सुरु गरिएको छ । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनको निर्देशन अनुसार आजबाट समानन्तर पार्किङ सुरु गरिएको महानगर प्रहरी प्रमुख सिताराम हाथेछुुले जानकारी दिए ।

उनले यो पार्किङ काठमाडौं उपत्यकामा पहिलो पल्ट भएको र ललितपुर महानगरले गरेको पनि दावी गरे । समानान्तर पार्किङमा कारहरुलाई राखिने मोटरसाईकल, बाइकलाई भने नराखिने उनले बताए ।