• गृहपृष्ठ
  • शनिवार काठमाडौंका यी स्थानमा विद्युत आपूर्ति बन्द

शनिवार काठमाडौंका यी स्थानमा विद्युत आपूर्ति बन्द

Aug 18th, 2023

काठमाडौं,भाद्र १

नेपाल विद्युत प्राधिकरणले  भदौ २ गते शनिवार काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

प्राधिकरणको लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी. मा चार्ज गर्नेगरी कार्य भइरहेकोले सो को लागि विद्युत आपूर्ति बन्द हुने भएको हो।

प्राधिकरणका अनुसार प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न स्युचाटार सबस्टेसनको विद्यमान १३२ के.भी. मुख्य बसवार (Busbar) विस्तार गरी नयाँ निर्माण गरिएको १३२ के.भी. वे (Bay) मा जडान गर्नुपर्ने भएकाले स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेको फिडरहरूमा भदौ २ गते शनिवार ५ घण्टा विद्युत सेवा अवरुद्ध हुने छ ।

प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ । विद्युत आपूर्ति बन्द हुने फिडरहरुमा सितापाइला फिडर, बाफल फिडर, बलबु फिडर, खड्कागाउँ फिडर (थानकोट सहित), हसनटार फिडर, कालिमाटी फिडर, कलंकी फिडर र रोपेवे फिडर रहेका छन् ।