• गृहपृष्ठ
  • सामाजिक सद्‌भाव  खल्बल्याउने गतिविधिप्रति राप्रपाद्वारा ध्यानाकर्षण

सामाजिक सद्‌भाव  खल्बल्याउने गतिविधिप्रति राप्रपाद्वारा ध्यानाकर्षण

Aug 17th, 2023

काठमाडौँ, साउन ३२

राष्ट्रिय प्रजातन्त्र पार्टीले सुनसरीको धरानमा भएको सामाजिक सद्भाव खल्बल्याउने गतिविधिप्रति सरकाको ध्यानाकर्षण गराएको छ ।

हिन्दू धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्नेगरी धरानमा कानूनबाट वर्जित भएको घटनालाई लिएर राप्रपाले सरकारको ध्यानाकर्षण गराएको हो । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर बहुसंख्यक हिन्दू धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्नेगरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद र आपत्तिजनक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो । सदियौंदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट छ । उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।