२२ जना जुवाडे पक्राउ

Aug 17th, 2023

काठमाडौं, साउन ३२

काठमाडौंबाट जुवातास खेलिरहेका २२ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका ६ कपन सरस्वतीनगर डेरा गरी बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका ८ घर भएकी ४५ वर्षीया लक्ष्मी तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ४ सय रूपैयाँ र ६ बुक ताससहित  १५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।