नेप्से सूचकमा सामान्य वृद्धि

Aug 17th, 2023

काठमाडाैं, साउन ३२

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८५ अंकले बढेको छ । यससँगै सूचक २०२५.९८ अंकमा आएको छ ।

४ लाख ९२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको १८ सय ९ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।