• गृहपृष्ठ
  • अनौपचारिक क्षेत्रका श्रमिकसुरक्षाा काेषमा सहभागी ,सरकारले ९.३७ प्रतिशत सहयोग गरिदिने

अनौपचारिक क्षेत्रका श्रमिकसुरक्षाा काेषमा सहभागी ,सरकारले ९.३७ प्रतिशत सहयोग गरिदिने

Aug 16th, 2023

काठमाडाै ३१ साउन

अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगार व्यक्तिहरू पनि सामाजिक सुरक्षाा काेषमा सहभागी हुन पाउने भएका छन् । सरकारले आज (बुधबार) देखि अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगार व्यक्तिहरूलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने घोषणा गरेको हाे। 

काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराउन पाउँदा निकै हर्षित भएको बताएका छन्। 

अनौपचारिक क्षेत्रका श्रमिकहरू आवद्ध हुन सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने हुन्छ। उनीहरूका लागि सरकारले पनि सहयोगदान गरिदिनुपर्ने व्यवस्था छ। 

कोषका उपनिर्देशक रोहित रेग्मीका अनुसार कोषमा श्रमिकले सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकम प्रत्येक महिना जम्मा गर्नुपर्ने हुन्छ। सम्बन्धित स्थानीय सरकारले ९.३७ प्रतिशत सहयोग गरिदिनुपर्ने हुन्छ। यो सरकारले तोकेको पछिल्लो न्यूनतम आधारभूत पारिश्रमिक (९ हजार ३८५ रूपैयाँ) को ९.३७ प्रतिशत अर्थात् ८७९.३७ रूपैयाँ हो। 

प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रमा अनौपचारिक क्षेत्रमा कार्यरत सबै श्रमिकको खातामा सहयोगदान गर्नुपर्ने उनले बताए। 

अब ७५३ वटै पालिकामा यो कार्यक्रम लागु गरिने घोषणा सरकारले गरेको छ। यो कार्यक्रम कार्यान्वयनका लागि फेदिखोला गाउँपालिका र भीमफेदी गाउँपालिकाले कोषसँग समझदारी गरेका छन्।