• गृहपृष्ठ
  • प्रधानमन्त्री सेप्टेम्बर १६ मा अमेरिका र त्यतैबाट चीन जाने  

प्रधानमन्त्री सेप्टेम्बर १६ मा अमेरिका र त्यतैबाट चीन जाने  

Aug 16th, 2023

काठमाडाै ३१ साउन

प्रधानमन्त्री प्रचण्ड आगामी सेप्टेम्बर १६ तारिखमा अमेरिका जाने भएका छन् । मंगलबार सम्पादकसँग बालुवाटारमा कुराकानी गर्दै उनले सो जानकारी दिएका हुन् । 

उनले आफू सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने र त्यतैबाट सेप्टेम्बर २१ तारिखमा चीन जाने जानकारी दिएका हुन् । 

यस पटक चीन भ्रमणका क्रममा केही महत्त्वपूर्ण सहयोग सम्झौता हुने पनि उनले जानकारी दिए । चीनको बिआरआई आयोजनाका बारेमा राखिएको एक जिज्ञासामा उनले नेपालसँग भएको बिआरआई सम्झौताको कार्यान्वयन आयोजनका बारेमा छलफल हुने र यस बिआरआई आयोजनाअन्तर्गत नेपालमा अनुदान सहयोगसम्बन्धी प्रस्ताव आफूले चीनसँग राख्ने पनि जानकारी दिए । 

चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङसँग पनि द्विपक्षीय भेटवार्ता हुने जानकारी प्रधानमन्त्री प्रचण्डले दिए ।