• गृहपृष्ठ
  • सुन तस्करी प्रकरणमा तीनजना चिनियाँ नागरिक पक्राउ, ३० लाख रुपैयाँ बरामद

सुन तस्करी प्रकरणमा तीनजना चिनियाँ नागरिक पक्राउ, ३० लाख रुपैयाँ बरामद

Aug 15th, 2023

काठमाडौ ३० साउन

साउनमा २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा मंगलबार थप थप तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ परेका थप तीनजनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुनको पगाल्ने काम मंगलबार सकिएको छ ।

मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर भित्र्याइएको उक्त सुन गालिसकेकाले तौलबारे मंगलबार जानकारी दिने तयारी गरिएको छ । सोमबार ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको थियो ।