अक्षय कुमारले पाए भारतीय नागरिकता

Aug 15th, 2023

काठमाडौ, ३० साउन

बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै उनले याे जानकारी दिएका हुन् । यसअघि अक्षय कुमार क्यानाडाका नागरिक थिए । 

भारतीय नागरिकताको प्रमाणपत्रको तस्बिर सार्वजनिक गर्दै उनले खुसी प्रकट गरेका छन् । उक्त तस्बिरसँगै अक्षय कुमारले लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द।’