• गृहपृष्ठ
  • विमानस्थलबाट बरामद गरिएको सुन आज पगालियो

विमानस्थलबाट बरामद गरिएको सुन आज पगालियो

Aug 15th, 2023

काठमाडौ ३० साउन

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट बरामद गरिएको सुन आज पगालिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।

तस्करी गरेर मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको एक सय किलो सुन हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ ।

आज तस्करीको सुन गाल्ने कार्य सकिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।

गालिएपछिको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने महाशाखाकाले जनाएको छ । मङ्गलवार बिहान साढे १० बजेबाट सुन गाल्न सुरु गरिएको थियो ।