• गृहपृष्ठ
  • टीकाथलीबाट चोरीका सामानसहित २ जना पक्राउ

टीकाथलीबाट चोरीका सामानसहित २ जना पक्राउ

Aug 15th, 2023

ललितपुर, साउन ३०

ललितपुर प्रहरीले चोरीका सामानसहित २ जनालाई पक्राउ गरेको छ। साउन २० गते महालक्ष्मी नगरपालिका ४ इमाडोलकी मन्दिरा भट्टराई (पन्त)को घरबाट सुनचाँदीसहित विभिन्न सामानहरु चोरी भएको उजुरीका आधारमा प्रहरीले सोमबार टीकाथलीबाट सुजन सिलवाल र अजय चौधरीलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले २ टिसर्ट, १ क्याप, १ आइफोन, २ चस्मा, १ क्यापसहितका सामानहरु बरामद गरेको छ। प्रहरीका अनुसार उनीहरुका साथबाट चाँदीको जस्तो देखिने १ थान करुवा, ४ वटा घडी, १-१ थान मंगलशुत्र, बाला, सिक्री, एयरपोड, लेडिज ब्याग, टप, कैँची, पिलास र तिलहरीलगायतका सामान बरामद गरिएको छ।

यसबाहेक उनीरुको साथबाट २ वटा स्क्रु ड्राइबर र ७ थान ब्याग पनि भेटिएको छ। पक्राउ परेका सिलवाल र चौधरीका डेरामा सोधपुछ गर्दा चोरी भएका उक्त सामान भेटिएको प्रहरीले जनाएको छ ।उनीहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।