एमालेबाट बिदा भए केशव स्थापित

Aug 15th, 2023

काठमाडौं, साउन ३०

काठमाडौं महानगरपालिकाका पूर्व मेयरसमेत रहेका केशव स्थापितलाई नेकपा एमालेले केन्द्रिय सदस्यबाट बिदा गरेको छ ।सोमबार बसेको एमालेको सचिवालय बैठकले स्थापितसंगै केन्द्रिय सदस्य सिराहाका प्रमोद नारायण यादवलाई पनि केन्द्रिय सदस्यबाट बिदा दिने निर्णय गरेको छ ।

स्थापित तथा यादव दुबै नेताले पार्टी नेतृत्वसमक्ष कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको एमाले स्रोतले जनाएको छ । सचिवालय बैठकले उनीहरुको चाहना अनुसार नै बिदा दिने निर्णय गरेको बताइन्छ । निर्णयपछि उनीहरुको राजीनामा स्वीकृत गरिएको छ ।