• गृहपृष्ठ
  • एनआईसी एशिया लघुवित्तको खुद नाफा ३० करोड रुपैयाँ

एनआईसी एशिया लघुवित्तको खुद नाफा ३० करोड रुपैयाँ

Aug 14th, 2023

काठमाडौं, साउन २९

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कर्जाको विस्तारलाई भन्दा कर्जाको गुणस्तरलाई प्राथमिकतामा राखेको यस संस्थाले चौथो त्रैमास सम्ममा कूल लघुकर्जा रु. १८ अर्ब ४५ करोड ६६ लाख पुर्‍याएको जनाएको हो । प्रति शेयर आम्दानी रु.१७.२५ सहित यस आर्थिक वर्षमा रु.३० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको कम्पनीको भनाई छ । 

यसै गरी आर्थिक वर्ष २०७९/८० मा स्व–पुँजीमा प्रतिफल वार्षिक १२.०२% रहेको छ । तरलता अभावको यस विषम परिस्थितिमा समेत वित्तीय संस्थाले बचत परिचालन तर्फ भने रु.२ अर्ब २३ करोड १८ लाख पुर्‍याउन सफल भएको छ । त्यसै गरी वित्तीय संस्थाले कर्जा असुलीमा प्रभावकारी रूपमा आफ्नो स्रोत तथा साधनको परिचालन गरी उत्साहजनक नतिजा हासिल गर्दै निष्क्रिय कर्जालाई ४.६४% मा सीमित राख्न सफल भएको छ ।