• गृहपृष्ठ
  • बुङ्ममतिस्थित चाइल्ड  केयरका संचालक पक्राउ

बुङ्ममतिस्थित चाइल्ड  केयरका संचालक पक्राउ

Aug 14th, 2023

ललितपुर, साउन २९

हुम्ला जिल्ला सिमिकोट गाउँपालिका ६ का दत्त सिंह बुढा पक्राउ परेका छन् ।  बुङ्ममतिस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टर संचालकसमेत रहेका दत्तसिंहमाथि बाल यौन दुरुपयोग गरेको जाहेरी परेको थियो ।

चाइल्ड केयरमा बस्दै आएकी वर्ष ८ की बालिकाको संवेदनशिल अंग तथा शरिरको विभिन्न भागमा समाउने, सुमसुम्याउने कार्य गरेको र सो कार्य नगर्नु भन्दा निज दत्त सिंह बुढाले बालिकालाई निलडाम हुने गरि पिटेको

उनलाई सात दिन म्याद थप गरी बिस्तृत अनुसन्धान भईरहेको र बालिकालाई संरक्षण गृहमा राखिएको जिल्ला प्रहरी परिसर ललिपुरले जनाएकाे छ ।