• गृहपृष्ठ
  • लैङ्गिक समानताका विषयमा देवीचौरमा वक्तृत्वकला प्रतियोगिता

लैङ्गिक समानताका विषयमा देवीचौरमा वक्तृत्वकला प्रतियोगिता

Aug 12th, 2023


ललितपुर, २७ साउन
ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)को आयोजनामा गोदावरी नगरपालिका–७, देवीचौरका दुई ओटै माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । साउन २५ र २६ गते आयोजित प्रतियोगिताबाट उत्कृष्ट भएका चार/चार जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले जानकारी दिइन् ।

देवीचौरको श्री देवी माविमा साउन २६ गते र बुरुञ्चुलीको श्री भिमसेन आदर्श माविमा साउन २५ गते लैङ्गिक समानता विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । देवी माविमा सम्पन्न प्रतियोगितामा साइमन चौहान पहिलो, अनिश बजगाँई दोस्रो, सोनिया लामा तेस्रो र आयुषा सापकोटा सान्त्वना भएका विद्यालयका शिक्षक सावित्री न्यौपानेले जानकारी दिइन् ।

पुरस्कृत विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक हरिबहादुर चौहान र रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले झोला तथा शैक्षिक सामग्री पुरस्कारस्वरूप वितरण गरेका छन् ।

भिमसेन आदर्श माविमा सम्पन्न प्रतियोगितामा स्मारिका तामाङ पहिलो, निरोज तामाङ दोस्रो, आकृति तामाङ तेस्रो र एलिना तामाङले सान्त्वना पुरस्कार पाएका विद्यालयका शिक्षिका भगवती शर्माले बताइन् ।

उत्कृष्ट प्रतियोगीलाई विद्यालयका प्रधानाध्यापक आत्मराम घिमिरे र रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले झोला तथा शैक्षिक सामग्री पुरस्कारस्वरूप वितरण गरेका छन् ।