• गृहपृष्ठ
  • साइबर सुरक्षा नीति, २०८० मन्त्रिपरिषदबाट पारित

साइबर सुरक्षा नीति, २०८० मन्त्रिपरिषदबाट पारित

Aug 11th, 2023

काठमाडौँ २६ साउन

मन्त्रिपरिषद्ले साइबर सुरक्षा नीति, २०८० पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको मस्यौदा मन्त्रिपरिषदबाट पारित गरिएको हो। मन्त्रालयले गत वैशाखमै साइबर सुरक्षासम्बन्धी विषयलाई सम्बोधन गर्न भन्दै साइबर सुरक्षा नीति, २०८० को मस्यौदा तयार पारेको थियो।

सुरक्षित साइबर स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्न, साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण गर्न र साइबर स्पेसलाई सशक्त र सुदृण बनाउन साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान, जनशक्ति उत्पादन एवम् कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने उद्देश्य यो नीति अघि बढाइएको मन्त्रालयले जनाएको छ।

विश्वव्यापी साइबर सुरक्षा सुचकांङक स्कोर ४४.९९ बाट आगामी पाँच वर्ष भित्र ६०, दशवर्ष भित्र ७० र १५ वर्षभित्र ८० प्रतिशत पुर्‍याउने लक्ष्यसहित सरकारले साइबर सुरक्षा नीति ८० तयार पारेको हो ।

साइबर सुरक्षा नीति २०८० को मुख्य उद्देश्य सुरक्षित साइबार स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्ने रहेको सरकारले जनाएको छ । यससंगै
नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी भएपछि अब साइबर सुरक्षा ऐन र राष्ट्रिय साइबर सुरक्षा केन्द्र बनाउने बाटो खुलेको छ । यो नीति संसदबाट पारित भएपछि साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण हुने वताइएको छ ।