नेप्से १.१३ अंकले घट्यो

Aug 9th, 2023

काठमाडौं, साउन २४

प्रि–ओपन सेसनमा नेप्से सूचक १.१३ विन्दुले घटेको छ । यससँगै सूचक २०१८.७२ अंकमा आएर अडिएको छ ।

योसँगै आज १६ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १२ कम्पनीको ३२ सय ४७ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ७० पटक सेयर कारोबार भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने ५ वटैको घटेको छ । कारोबार भएका बाँकी कम्पनीको मूल्य भने स्थिर रहेका छन् ।