• गृहपृष्ठ
  • संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा दुईको मृत्यु

संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा दुईको मृत्यु

Aug 9th, 2023

काठमाडौं, साउन २४

जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ ।

चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले जनाएका छन् । 

प्रहरी र कारागार प्रशासनले कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएलगत्तै उनीहरूलाई कारागारभित्र राखिएको र केहीबेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।