• गृहपृष्ठ
  • दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हरायाे

दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हरायाे

Aug 9th, 2023

काठमाडौं, साउन २४

नेपाल टेलिकमको रिचार्ज कार्ड हराएको छ ।

टेलिकमले गोरखापत्रमा बुधवार एक सूचना जारी गर्दै दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको जानकारी दिएको छ । टेलिकमले  ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ ।

टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको हो । टेलिकमले उक्त नम्बरका  रिचार्ज कार्डहरूले खरिद नगर्न अनुरोध समेत गरेको छ ।