• गृहपृष्ठ
  • प्रहरीलाई मानसिक शान्ति, एकाग्रता तथा तनाव व्यवस्थापनको लागि मेडिटेसन कार्यक्रम

प्रहरीलाई मानसिक शान्ति, एकाग्रता तथा तनाव व्यवस्थापनको लागि मेडिटेसन कार्यक्रम

Aug 8th, 2023

ललितपुर, साउन २३

नेपाल प्रहरीलाई मानसिक शान्ति, एकाग्रता तथा तनाव व्यवस्थापनको लागि मेडिटेसन कार्यक्रम गरेको छ । बम्हकुमारी राजयोग सेवा केन्द्र सातदोबाटो तथा जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त आयोजनामा भएको हो ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुरको खेल मैदानमा भएको मेडिटेसन कार्यक्रममा १८० जना प्रहरीको सहभागिता रहेको छ । सो कार्यालयमा  जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सिद्धि बिक्रम शाहको अध्यक्षता भएको छ ।

इनटरनेशनल मोटिभेसनल स्पिकर ब्रम्हकुमार राजु घलेले मानसिक शान्ति, एकाग्रता तथा तनाव व्यवस्थापनको लागि मेडिटेसन सम्बन्धी सहजीकरण गरेको थियो । राजु घलेले ब्रान्डेड सामानमा होइन आफ्नो सोच, विचार, बोली र मनलाई ब्रान्डेड बनाउनुपर्ने बताए । उनले स-सनो कुरालाई पनि परिवर्तन गर्नु आवश्यक रहेको र सकिन्छ भने अरूको आँखामा देखेको आशु पुच्छने कोशिश गर्नु यदि नसके आफ्नो कारणले अरूको आँखामा आशु नदेखाउन आग्रह गरे । उनले भने – ‘खुशी हुनका लागि धन सम्पत्ति होइन राम्रो सोच र विचार भएमा खुसी हुनको लागि कसैले पनि रोक्दैन र जे सोचिन्छ त्यसको असर दिमागमा जाने भएकोले अरूको कारणले बारम्बार चित्त दुखाउनु हुन्दैन् ।’

यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सिद्धि बिक्रम शाहले यो कार्यक्रमबाट धेरै लाभ प्राप्त भएको बताए । उनले स-सना कुराको रिसलाई पनि नियन्त्रण गर्नुपर्ने बताए ।