• गृहपृष्ठ
  • काठमाडाै उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन अनुराेध

काठमाडाै उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन अनुराेध

Aug 8th, 2023

काठमाडाै २३ साउन

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

काठमाडाै उपत्यकामा भारी वर्षा भैरहेकाे छ । जसका कारणा नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार मुलुकका अधिकांश स्थानमा झरि बर्सात हुने देखिएको छ । कतिपय स्थानमा बाढि पहिरो आउन सक्ने भएकोले सतर्कता अपनाउन भनेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिदै विभागले भनेको छ, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

यस्तैगरी मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना  छ। 

मधेश, बागमती प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू(क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन  विभागले सूचना जारी गरेको छ ।