ललितपुर महानगरमा बजार अनुगमन

Aug 7th, 2023

ललितपुर, साउन २२

ललितपुर महानगरपालिकाभित्र बजार अनुगमन गरिएको छ । ललितपुर महानगरपालिकाका उप प्रमुख एवम् अनुगमन समितिको अध्यक्ष मञ्जली शाक्य बज्राचार्यको संयोजकमा अनुगमन गरिएकाे हाे ।

बजारमा म्याद नभएका सामानहरु बिक्री गरिएको तथा लापरवाही बढेको भन्ने सूचनाहरु आउन थालेपछि बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा बजार व्यवस्थापनमा धेरै विकृतिहरु आएको पाइन्छ । 

उप प्रमुख मञ्जली शाक्य बज्राचार्यका साथमा ललितपुर महानगरपालिका ५ का वडा अध्यक्ष विकास मान श्रेष्ठ, नगर प्रहरी लगायतको टोलीले व्यवसायीहरुले कर तिरेका छन् या छैनन् पनि हेरिएको थियो । उपभोक्ताको स्वास्थ्यलाई बेवास्ता गर्ने व्यवसायीहरुलाई चेतावनीका साथ अटेर गर्नेलाई कानुन अनुसार कारबाही गर्ने तयारी पनि गरिएको छ । 

आगामी दिनहरुमा वडाका विभिन्न बजारमा अनुगमन निरन्तर गरिने वडा ५ का वडा अध्यक्ष श्रेष्ठले बताए ।