ललितपुरबाट ६ जुवाडे पक्राउ

Aug 7th, 2023

ललितपुर, साउन २२

गोदावरी नगरपालिका–१३ झरुवाराशीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । सोही ठाँउ बस्ने बिष्णु प्रसाद घिमिरेको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा घिमिरेसमेत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त चाँपागाउबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ७१ हजार ३ सय ५५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।