• गृहपृष्ठ
  • पाँचौ खुल्ला राष्ट्रिय किकबक्सिङ्ग प्रतियोगिता भदौमा हुने

पाँचौ खुल्ला राष्ट्रिय किकबक्सिङ्ग प्रतियोगिता भदौमा हुने

Aug 7th, 2023

ललितपुर, साउन २२

आगामी भदौ २१ गतेदेखि पाँचौं खुल्ला राष्ट्रिय किकबक्सिङ्ग प्रतियोगिता हुने भएको छ । ललितपुर किकबक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुँदै आएको स्व. वीर गणेशमान स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता हुन लागेको ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले बताएका छन् ।

गोदावरी नगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामाको कुल अनुमानित बजेट ५२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ । प्रतियोगिता भदौ २१ देखि २३ सम्म गोदावरी नगरपालिका ११ स्थित प्याङ्गाउँ खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा पुरुष र महिलातर्फ ६-६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ५०, ५५, ६०, ६५, ७५ र खुल्ला तथा महिलामा ४५, ५०, ५५, ६०, ६५ र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

टिम च्याम्पियन बन्ने टोलीलाई १ लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुने टिमलाई २५ हजार प्रदान गरिनेछ । पुरुष र महिला दुवै विधातर्फ उत्कृष्ट हुने खेलाडीले जनही २५-२५ हजार रुपैयाँ पाउनेछन् ।