• गृहपृष्ठ
  • भरतपुर महानगरमा आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द

भरतपुर महानगरमा आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द

Aug 7th, 2023

काठमाडौं, साउन २२

आँखा पाक्ने सङ्क्रमण फैलिएपछि चितवनको भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो ।

हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी आजदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए । आँखा पाक्ने रोग (एडिनो भाइरस) को सङ्क्रमण चितवनमा पनि बढ्दै गएको छ ।