• गृहपृष्ठ
  • पहिराले घर पुरिँदा बाबु छाेरीकाे मृत्यु

पहिराले घर पुरिँदा बाबु छाेरीकाे मृत्यु

Aug 6th, 2023

काठमाडाै २१ साउन

काठमाडौँको तारकेश्वर नगरपालिका–५ मा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।  तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल तारकेश्वरस्थित चोगाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उहाँकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिएका छन् ।

उनका अनुसार गए राति घरमाथिबाट खसेको पहिराले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको हो । सोही घटनामा परी आमा सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ । सञ्जुको शिक्षण अस्पताल महाराजगन्जमा उपचार हुँदै छ भने छोरा भने हाम्फालेर बच्न सफल भएका थिए ।