ठेचोबाट एक महिला बेपत्ता

Aug 5th, 2023


काठमाडौं, २० साउन

ललितपुरको ठेचोबाट एक महिला बेपत्ता भएकी छिन् ।
महानगरिय प्रहरी बृत्त चापागाँउका अनुसार सर्लाही श्री कालिञ्जोर घर भई गोदावरी १२ ठेचोमा कोठा लिएर बस्ने तारा भन्ने सुमित्रा वाइवा गत सोमबारबाट बेपत्ता भएकी हुन् ।

कोठाबाट गाँउ फर्कने तयारी गरिरहेको अवस्थामा विहान ५ बजेभन्दा अघि ओछ्यानबाट उठेर बेपत्ता भएको उनका श्रीमान् प्रेमबहादुर मगरले बताए ।
करिव ३ महिना अघिदेखि ठेचोमा बस्दै आएका उनीहरुबीच सामान्य झगडा भएको बुझिएको छ ।

फेला पार्ने महानुभावले नजिकको प्रहरी कार्यालय वा ९८६४८४४४८० मा खबर गर्न उनले अनुरोध गरेका छन् ।