• गृहपृष्ठ
  • ललितपुर महानगरद्वारा प्रशासकीय अधिकृतको बिदाई तथा स्वागत

ललितपुर महानगरद्वारा प्रशासकीय अधिकृतको बिदाई तथा स्वागत

Aug 4th, 2023

ललितपुर, साउन १९
ललितपुर महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको बिदाई तथा स्वागत गरेको छ । ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याललाई बिदाई गरेको हो ।

सो अवसरमा पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका सहसचिव विरेन्द्रदेवी भारतीलाई स्वागतम गरेको छ । अर्याल विगत २ वर्ष ३ महिनासम्म प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समाल्दै आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका २६ जना सहसचिव सरुवा गर्ने क्रममा अर्याल गृह मन्त्रालय तानिएका छन् । अर्याल गृह मन्त्रालयमा सरुवा भएपछि विरेन्द्रदेवी भारतीलाई ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

विरेन्द्रदेवी भारतीले साउन १८ गते बिहिबारदेखि ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समालेका छन् ।