• गृहपृष्ठ
  • सीटीईभीटीको प्रवेश परीक्षा मिति सर्‍यो

सीटीईभीटीको प्रवेश परीक्षा मिति सर्‍यो

Aug 4th, 2023

काठमाडौं, साउन १९

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले प्रवेश परीक्षाको मिति सारेको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमारप्रमाणपत्र तहको प्रवेश परीक्षाको मिति सारेको हो ।  साउन २० र २४ गतेका लागि तय भएको प्रवेश परीक्षाको मिति भदौमा सारिएको हो । 

भदौ २ गतेदेखि ६ गतेसम्म निःशुल्क र पूर्ण शुल्कीय तर्फको प्रवेश परीक्षा गर्न लागिएको परिषद्ले जनाएको छ । प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद समेत थप गरिएको छ । साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।