• गृहपृष्ठ
  • सडकमा फोहोर फाल्नेलाई वडाध्यक्षको उपहार

सडकमा फोहोर फाल्नेलाई वडाध्यक्षको उपहार

Aug 4th, 2023


ललितपुर, साउन १९
ललितपुर महानगरपालिका १९ का वडा अध्यक्ष राजेन्द्र महर्जनको टोलीले सडकमा फोहोर फाल्नेलाई कारर्वाही गरेको छन् ।

वडाबासी युवाहरू


राती राती फोहोर फाल्ने सबैलाई कार्वाही स्वरुप फोहोर उपहारको रुपमा र्फिता पढाएका छन् । बारम्बार फोहोर फालेर हैरान गर्नेलाई आवश्यक अनुसार जरिवाना पनि तिराएको छ ।

सीसीटिभिमा निगरानी

राती राती फोहोर फालेपछि वडा अध्यक्ष र वडाबासी युवाहरु राती सडकमै व्यस्त भएको पाइन्छ । जथाभावी फोहोर फाल्नेलाई रु ५०० देखि ५०००० सम्म जरिवाना तिराउर्ने वडा बासीहरुलाई जानकारी समेत दिएका छन् ।

नगर प्रहरी र वडाध्यक्ष

राती अग्निशाला वरपर फोहोर फाल्नेहरु सीसीटिभिमा निगरानी गरेको पाइन्छ । सीसीटिभिमा निगरानीबाट दिउँसो फोहोर फाल्नेहरुको पहिचान गरेर नगर प्रहरीको टोली, वडा अध्यक्ष र वडाबासी युवाहरु घरमै पुगेर जरिवाना तिराएका छन् ।

शुन्य फोहोर अभियान लगनखेलमा

वडाबासी युवा बाबुराजा महर्जनले अहिले सम्म १५ जना भन्दा बढीलाई कार्वाही गरेको बताए । उनले आफ्नो टोल सफा र सुन्दर राख्नु पहिलो प्राथमिकता हो ।

उपमेयर, वडाध्यक्ष, प्रहरी निरीक्षक कृष्ण श्रेष्ठ

ललितपुर महानगर १९ले वडा स्तरीय युवा क्लबका सदस्यहरुलाई फोहोर मैला व्यवस्थापन ऐन २०७५, कसरु, दण्ड सजाय र वडामा फोहोर मैला व्यवस्थापन सम्बन्धी जानकारी दिएका छन् ।

वडा स्तरीय युवा क्लबका सदस्यहरु

अहिले ललितपुर महानगरपालिका १९ले शुन्य फोहोर अभियान संचालन गर्दैछ । यस अभियानमा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य आस्था, वडा अध्यक्ष, प्रहरी प्रभाग मंगलबजार, नगर प्रहरी, वडाबासी युवाहरु, वडा सदस्यहरु, नेकपा एमाले १९ वडा कमिति र युवाहरू र युवा सन्जय महर्जन र उत्तम महर्जनको साथ रहेको पाइन्छ ।