बलिउड गायक जावेद अली नेपालमा

Aug 4th, 2023

काठमाडौं, साउन १८

भारतीय गायक जावेद अली नेपाल आएका छन् । बिहीबार बिहान एक भिडियो सन्देश जारी गर्दै उनले साउन १९ गते काठमाडौंमा प्रस्तुति दिने जनाएका हुन् ।

नेपालमा पहिलोपटक हुन लागेको कन्सर्टलाई लिएर आफू उत्साहित रहेको उल्लेख गर्दै उनले कार्यक्रममा सहभागी हुने नेपाली फ्यानलाई आग्रह गरेका छन् । सोल्टी होटलस्थित क्लब प्रिभेले अलीलाई नेपाल ल्याउन लागेको हो ।

शुक्रबार होटल सोल्टीमा आयोजना हुने ‘जावेद अली लाइभ इन नेपाल’ कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन उनी नेपाल आएका हुन् । उनले नेपालमा पहिलो पटक प्रस्तुति दिन लागेका हुन् ।