• गृहपृष्ठ
  • ललितपुर महानगरद्वारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यालय तथा विद्यार्थीलाई समान्न

ललितपुर महानगरद्वारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यालय तथा विद्यार्थीलाई समान्न

Aug 1st, 2023

ललितपुर, साउन १६
ललितपुर महानगरपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यालय तथा विद्यार्थीलाई नगदसहित समान्न गरेको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मंगलबार उत्कृष्ट अंक ल्याउने विद्यालयलाई चार लाख र १४ जना विद्यार्थीलाई दुई लाखका दर नगदसहित सम्मानित गरेका हुन् ।

सो कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले आफ्नो दोस्रो पटकको चुनावको जीतको खुसीको उत्सव महानगरपालिकाबाट जीपीए ४ ल्याएका विद्यार्थीहरूसँग मनाएको बताए । उनले ललितपुर महानगर शिक्षा क्षेत्रको हब भएको बताउँदै महानगरले शैक्षिक गुणस्तर सुधारको लागि धेरै काम गरेको बताए ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सफल बन्ने र धनी बनाउने शिक्षा भन्दा खुशी र सीपयुक्त शिक्षामा महानगरले जोड दिएको बताइन् ।

४ जीपीए ल्याउने स्कुलहरु जेम्सबाट ८ , सेन्टमेरिजबाट १ , नाईटिङ्गेलबाट २, डिएभीबाट १, लिटल एन्जेल्सबाट १ र ब्राईट फ्यूचर स्कुलबाट १ जनाले उत्कृष्ट अंक ल्याएका छन् ।