सहकारी विरुद्ध अभिनेत्रीको पनि अनशन

Aug 1st, 2023

काठमाडौं, साउन १६

सहकारीले ठगी गरेको भन्दै अभिनेत्रीहरूले पनि अनशन सुरु गरेका छन् । दुई अभिनेत्रीहरू बसुन्धरा भुसाल र चैत्यदेवीले ठगी गर्ने सहकारीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा अनशनमा बसेका हुन् ।

उनीहरूले दिनको १० घण्टाका दरले ठगी गर्ने सहकारीविरुद्ध अनशन सुरु गरेको बताए । आफूहरूको जीवनभरको कमाई सिभिल सहकारीले ठगी गरेको उनीहरूको आरोप छ । उनीहरूले सहकारीमा बचत गरेको २ करोड ६० लाख रुपैयाँ फिर्ता नपाएको बताए ।