बढ्यो सुनको मूल्य

Aug 1st, 2023

काठमाडौं, साउन १६

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।