• गृहपृष्ठ
  • महानगरका गौरव र स्वर्णिम योजनाः के छन् विशेषता?

महानगरका गौरव र स्वर्णिम योजनाः के छन् विशेषता?

Aug 1st, 2023

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममा विशेष महत्वका साथ गौरव, स्वर्णिम योजना अन्तर्गत जम्मा २५ वटा विषयगत क्षेत्रका योजनाहरु छनौट गरेको छ। 

महानगरले गौरवका योजनाको लागि ३ अर्ब ८० करोड रकम विनियोजन गरेको छ भने स्वर्णिम योजनाका लागि कूल रु २ अर्ब रकम विनियोजन गरेको छ भने प्राथमिकता प्राप्त योजना अन्तर्गत वडाहरुबाट तोकिएका सीमाको अधिनमा रहि योजना तथा कार्यक्रम छनौट तथा कार्यान्वयन गर्ने व्यवस्थाका लागि कूल रु १ अर्ब ७६ करोड रकम विनियोजन गरेको जनाएको छ । 

महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्षभित्रमा सम्पन्न हुने १० वटा योजनालाई महानगर गौरवका योजना भनिएको छ । गौरवका योजनामार्फत प्रमुख समस्याहरुको समाधानका साथै सुरक्षित, व्यवसायिक र व्यवस्थित शहरको निर्माण गर्दै काठमाडौँ महानगरपालिकालाई पर्यटनमैत्री साँस्कृतिक सहर, समृद्ध महानगरको रुपमा स्थापित गर्ने मेयर शाहले बताएका थिए ।

त्यस्तै महानगरबासीको दैनन्दिनका समस्या समाधन गर्न, महानगरपालिकाको सेवा प्रभावकारी बनाउन र शहरी शासनको सवाललाई दिगो व्यवस्थापन गर्न आवश्यक योजनालाई स्वर्णिम योजना भनिएको छ । महानगरका वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनाका रुपमा कार्यान्वयन गर्ने मेयर शाहले निति तथा कार्यक्रम प्रस्तुत गर्दै बताएका हुन् ।

यस्ता छन् महानगरको प्राथमिकता र बजेट

एक टोल एक खेलकुद पूर्वाधार – १० करोड ५० लाख
एक वडा एक नमुना उद्यम – १ करोड
साथी महानगर स्वर्णिम योजना – २ करोड
रोजगारी र आयवृद्धि, महानगरको समृद्धि – १० करोड
मेरो रहर हरित सहर – ५० करोड
महानगरको टेलिभिजन स्थापना – ५ करोड
महानगरले देख्छ योजनाअन्तर्गत सीसी  क्यामेरा जडान – २० करोड
मिसन २१०० – १ करोड
डुबान समाधन – ४ करोड
सहरी व्यवस्थापनसम्बन्धी अध्ययन तथा अनुसन्धान – ५ करोड
सुशासनका लागि अनलाइन सेवा – १५ करोड
विषादी परीक्षण प्रयोगशाला निर्माण – १ करोड ५० लाख
एग्रोपुलिङ कार्यक्रम – १ करोड
न्याय चौतारी कार्यक्रम – १ करोड
श्रम बैंक स्वर्णिम योजना – १० करोड
संस्कृति, सम्पदा तथा पर्यटन महानगरको धन योजना – ५० करोड
उज्यालो सहर मेरो महानगर – ३० करोड
सुन्दर महानगर योजना – २५ करोड
पूर्वाधार एम्बुलेन्स – २५ करोड
धुलोरहित काठमाडौं – १ अर्ब
स्वच्छ भान्छा कार्यक्रम – ३ करोड ५० लाख
सुलभ फार्मेसी स्वर्णिम योजना – ६ करोड
सुलभ स्वास्थ्य सेवा नागरिकलाई टेवा योजना – ३५ करोड
गरीखाने शिक्षा, महानगरको इच्छा – ५० करोड

कुन गैरवको आयोजनामा कति बजेट बिनियोेजन ?

१. गरी खाने शिक्षा, महानगरको इच्छा

महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरुमा आधारभूत प्राविधिक ज्ञान र सीप समेतको प्रबद्र्धन गर्न “गरीखाने शिक्षा, महानगरको इच्छा” योजना अन्तर्गत बिभिन्न कार्यक्रम संचालन गर्न महानगरले ५० करोड रुपैयाँ विनियोजन गरेका छ ।

२. सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा

महानगरपालिका क्षेत्रभित्रका शहरी स्वास्थ्य क्लिनिकहरुको स्तरोन्नति सहित स्वास्थ्य प्रवद्र्धन केन्द्रमा रुपान्तरण गरी महानगरवासीहरुका लागि “सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा” योजना मार्फत सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन महानगरले ३५ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । 

३. सुशासनको लागि अनलाइन सेवा

महानगरबाट प्रदान गरिने सबै सेवाहरुलाई अनलाइन प्रणालीमार्फत गर्ने गराउने कार्यलाई महानगरको गौरवको योजनाको रुपमा आत्मसात्गरि “सुशासनको लागि अनलाइन सेवा” योजना अन्तर्गतका विभिन्न कार्यक्रम संचालन गर्न रु. १५ करोड रकम विनियोजन गरेका छ ।

४. महानगरले देख्छ

महानगरका मुख्य सडक, चोक एवं गल्ली समेतमा सिसिटिभि क्यामेरा जडान गरी
महानगरवासीलाई सुरक्षित परिवेशमा बस्न योग्य शहर बनाउने उद्देश्यले “महानगरले देख्छ” योजनालाई गौरवको कार्यक्रमको रुपमा समावेश गरेको छ । यस योजनाको लागि २० करोड रुपैयाँ रकम विनियोजन महानगरले गरेको छ । 

५. मेरो रहर, हरित सहर

“मेरो रहर, हरित सहर” उद्देश्यलाई चरितार्थ गर्न महानगर गौरवको योजनाको रुपमा कार्यान्वयन गरिने भएको छ । यस कार्यक्रम मार्फत महानगर क्षेत्रको पार्क, आइल्याण्डको निर्माण, मर्मत, संरक्षण र वृक्षारोपण सम्बन्धी कार्य अभियानको रुपमा संचालन हुने महानगरले जनाएको छ । यस कार्यको लागि महानगरले ५० करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

६. रोजगारी र आयवृद्धि, महानगरको समृद्धि

महानगरपालिकाले सामाजिक विकासको मुख्य कार्यक्रमको रुपमा “रोजगारी र आयवृद्धि,
महानगरको समृद्धि” कार्यक्रमलाई अघि सारेको छ । यसका लागि रु. १० करोड विनियोजन गरेको छ । 

७. उज्यालो शहर, मेरो महानगर

“उज्यालो शहर, मेरो महानगर” योजना अन्तर्गत महानगरका सबैसडक तथा गल्लीमा सडक बत्ती जडान गर्ने एवं महानगरका १०० वटा मुख्य चोक तथा क्षेत्रहरुमा आइमास्त लाइट सहितको व्यवस्था गर्ने कार्यक्रमको लागि ३० करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । 

८. धुलो रहित काठमाडौँ

महानगर क्षेत्रभित्रका सम्पुर्ण सडक तथा पेटी मध्ये डिपिआर भएका सडक तथा पेटीहरु मर्मत तथा निर्माण गरि “धुलो रहित काठमाडौं” योजनालाई कार्यान्वयन गरिनेछ । यस योजना अन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्न एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ । 

९.संस्कृति, सम्पदा तथा पर्यटन, महानगरको धन

महानगर क्षेत्रभित्रको मुर्त–अमूर्त सम्पदाहरुको पुनःर्निमाण एवं संरक्षण कार्यलाई उच्च प्राथमिकता दिदै सो कार्यको कार्यान्वयन प्रभावकारी रुपमा गर्न “संस्कृति, सम्पदा तथा पर्यटन, महानगरको धन” योजना मार्फत विभिन्न कार्यक्रम संचालन गर्नका लागि ५० करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । 

१० सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनर्स्थापना

जल सम्पदासँग जोडिएका महानगरभित्रका ढुङ्गेधारा, हिटी र पोखरी जस्ता ५० वटा सम्पदा पुनर्स्थापना गर्नको लागि महानगरले २० करोड रुपैयाँ विनियोजन गरेको छ । 

कुन स्वर्णिम योजनामा कति बजेट बिनियोेजन ? 

१. सुलभ फार्मेशी

महानगरवासीलाई सहुलियत मुल्यमा औषधी उपलब्ध गराउनका लागि “सुलभ फार्मेशी ” को स्वर्णिम योजना कार्यान्वयन गर्न ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको महानगरले जनाएको छ ।

२. साथी महानगर

“साथी महानगर” स्वर्णिम योजनाले महानगरवासीको सुख दुःखमा साथ दिने उद्देश्य महानगरले लिएको छ । यस कार्यक्रमको लागि महानगरले २ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ ।

३.. स्वच्छ भान्छा

महानगर भित्रका व्यक्तिगत तथा संस्थागत भान्छाहरुलाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न “स्वच्छ भान्छा” कार्यक्रमका लागि ३ करोड ५० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । 

४. एक टोल, एक खेलकुद पुर्वाधार

“एक टोल, एक खेलकुद पुर्वाधार” तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि स्वर्णिम योजना सहितको कार्यक्रम संचालन गर्न महानगरले १० करोड ५० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । 

५. न्याय चौतारी

महानगरवासीहरुको लागि न्याय, कानुन तथा मानवअधिकार क्षेत्रमा परामर्शको लागि स्वर्णिम योजनाका रुपमा “न्याय चौतारी” कार्यक्रम संचालन गर्न महानगरले १ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । 

६. डुवान समाधान

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा वर्षात्को समयमा हुने डुवान न्यूनिकरणको लागि “डुवान समाधान” स्वर्णिम कार्यक्रम मार्फत खर्च हुने गरी महानगरले  ४ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

७. पुर्वाधार एम्बुलेन्स

सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापना सहित पुर्वाधार एम्बुलेन्सलाई प्रभावकारी रुपमा संचालन गर्न महानगरले २५ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । 

८. सुन्दर महानगर योजना

महानगर क्षेत्रभित्रका सडक, रेलिब, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई नियमित एवं स्वचालित रुपमा सुन्दर तथा जीवन्त बनाई राख्ने उद्देश्यले संचालित “सुन्दर महानगर योजना” अन्तर्गत २५ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

८. श्रम बैंक

महानगर क्षेत्रभित्रका युवा जनशक्तीलाई “श्रम बैंक”स्वर्णिम योजनामा आबद्ध गराई सिप तथा क्षमता विकास मार्फत रोजगारीको अवसर सिर्जना गर्न महानगरले १० करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

१०. न्याय चौतारी

महानगरवासीहरुको लागि न्याय, कानुन तथा मानवअधिकार क्षेत्रमा परामर्शको लागि स्वर्णिम योजनाका रुपमा “न्याय चौतारी” कार्यक्रम संचालन गर्न महानगरले १ करोड रकम विनियोजन गरेको छ ।

११. एग्रोपुलिब

महानगरवासीलाई अर्गानिक तरकारी, फलफुल तथा माछामासु र अन्य खाद्यवस्तुको सहज उपलब्धताका लागि अन्य स्थानीय तहसँग सम्झौता गरी कृषिउपजको विक्री वितरण तथा भण्डारण गर्ने संस्थागत प्रबन्ध तथा “एग्रोपुलिब” कार्यक्रमको लागि महानगरले १ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

१२. विषादी परीक्षण प्रयोगशाला

महानगरपालिका क्षेत्रमा भित्रने तरकारी एवं फलफुलको विषादी परिक्षण गर्न विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि महानगरले १ करोड ५० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । 

१३. मिसन २१००

काठमाडौँ महानगरपालिकाको २० वर्षे रणनीतिक योजना “मिसन २१००” तर्जुमा गर्नको लागि महानगरले १ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

१४. सुन्दर विद्यालय 

सामुदायिक विद्यालय परिसरभित्रको सरसफाई र सौन्दर्यीकरणलाई नियमित र स्वचालित बनाइ
विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउनको लागि रु ५ करोड रकम विनियोजन गरेको छ । 

१५. खेलकुद पूर्वाधार परियोजना

खुल्ला चौर, गौचरणलगायत स्थानको पूर्वाधार सुधार गरेर खेल खेल्न योग्य स्थान बनाइन ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

१६. एकल सेवा केन्द्र  

प्रशासन विभागबाट कार्यान्वयन हुने यो योजनाबाट सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाइन ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

१७. पिउने पानी तथा सार्वजनिक शौचालय

महानगर क्षेत्रभित्रका उपयुक्त र आवश्यक ठाउँमा शौचालय र पिउने पानीको प्रबन्ध गरिनेछ । यसका लागि निजी क्षेत्रको समेत सहभागिता गराइने छ । यसका लागि  ४ करोड रुपैयाँ विनियोजत गरिएकोछ ।

१८. इरेण्टल

२ करोड रुपैयाँ विनियोजन गरिएको योजना राजस्व विभागले कार्यान्वयनमा ल्याउनेछ । यस योजनाअन्तर्गत महानगरपालिकाभित्र समग्र बहाल प्रणालीलाई आफ्नै पोर्टलमार्फत व्यवस्थापन गरिनेछ । 

१९. ढुङ्गेधारा, हिटी र पोखरी संरक्षण

सम्पदा तथा पर्यटन विभागले कार्यान्वयन गर्ने यो योजनाका मुख्य क्रियाकलापहरुमा सञ्चालनमा रहेका ढुङ्गेधारा, हिटी र पोखरीहरुको नियमित सरसफाइ गरेर जीवन्त बनाउन ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

२०. मेट्रो मार्ट      

खाद्यान्न, तरकारी, फलफुललगायत दैनिक उपभोग्य बस्तुका बारेमा अनलाइन प्रणालीमार्फत जानकारी दिने, उपभोक्ता घरमा खाद्यान्न तथा तरकारी पठाउने प्रणालीका लागि सहजीकरण गर्ने, हरेक व्यवसायलाई मोवाइल एप्लिकेसनमा आवद्ध गर्ने तथा अनलाइन ९इकमर्स० पोर्टलमार्फत उत्पादित बस्तुको प्रवर्धनमा सहजीकरण गर्न १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

२१. अनुसन्धान तथा अन्वेषण केन्द्र

महानगरको आर्थिक, सामाजिक तथा भौतिक समृद्धि र पहिचानका लागि सम्भावनाका क्षेत्रहरुको अध्ययन अनुसन्धान गर्ने योजनाअन्तर्गतको मुख्य क्रियाकलाप हो । यसबाट समस्या समाधानका लागि सृर्जनात्मक उपाय प्राप्त हुने अपेक्षा गरिएको छ । यस योजनाका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

२२. नदी सफाइ

महानगरपालिका भएर बग्ने नदी र खोलाहरुलाई नियमित र प्रभावकारी रुपमा सरसफाइ गर्ने यस योजनाअन्तर्गतका क्रियाकलाप हुन् । ७ करोड रुपैयाँ विनियोजन गरिएको यो कार्यक्रम वातावरण व्यवस्थापन विभागले कार्यान्वयन गर्नेछ ।

२३. पर्यटकीय सहर

यस योजना अन्तर्गत महानगरमा आउने पर्यटकका लागि आवश्यक र उपयोगी सूचना दिन सक्ने एप्लिकेसन निर्माण गर्ने, होम स्टेमार्फत मौलिक कला, संस्कृतिको प्रवर्धन गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

२४. सांस्कृतिक सहर

महानगरपालिकाभित्रका मूर्त अमूर्त सांस्कृतिक सम्पदाहरुलाई उजागर गर्ने, पुनर्ताजगी गर्न ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।  

२५. यातायात तथा ट्राफिक

यातायात प्रणालीलाई प्रभावकारी रुपमा व्यवस्थापन गरेर सडक सुरक्षाको प्रत्याभूति गराउनु यसका मुख्य क्रियाकलाप हुन् । यस योजनाका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।