• गृहपृष्ठ
  • सामुदायिक प्रहरीद्वारा दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहयोग

सामुदायिक प्रहरीद्वारा दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहयोग

Jul 31st, 2023

काठमाडौं, साउन १५

सामुदायिक प्रहरीको सक्रियतामा भीडभाडको समयमा सवारी साधनको चाप बढेको अवस्थामा सर्वसाधारणलाई बाटो काट्नमा सहयोग गरेको छ । ‘‘सुरक्षित उपत्यका हाम्रो डप्रतिवद्धता’’ अभियानका साथ अहिले नेपाल प्रहरीले ट्राफिक व्यवस्थापन सम्बन्धी काम गर्दैछ ।

सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीको प्रमुख अतिथिमा साउन ३ गते व्यवसायिक क्षमता अभिवृद्धिको लागि एक दिने अनुशिक्षण कार्यक्रम गरेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले सामुदायिक प्रहरी कर्मचारीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धिको लागि ८३ जना सामुदायिक कार्यमा कार्यरत प्रहरीहरुलाई अनुशिक्षण दिएको हो ।

अभियानलाई कार्यान्वयन गर्दै दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि प्रत्येक दिन पिकाउ अथवा भीडभाडको समयमा जेव्रा कसिङ्ग तथा आकाशे पुलमा सामुदायिक प्रहरीको पहिचालन गर्दै आएका छन् । सामुदायिक प्रहरीले समुदायमा अपराध न्यूनिकरण गर्न लागि विभिन्न सचेतनामूलक कार्यक्रम संचालन र अपराधको सूचना संकलन गर्दै आएको छ ।
साथै, प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले अहिले सामुदायिक प्रहरी कर्मचारीहरुलाई दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धी थप जिम्मेवारी दिएको बताए ।

यस्तै, ट्राफिक प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार ट्राफिक व्यवस्थापन ट्राफिकको मात्र नभएर सबै निकायको महत्वपूर्ण भूमिका रहेको बताए । उनले जथाभावी पैदल यात्रुहरुले बाटो काट्नेलाई सामुदायिक प्रहरीले साथ र सहयोग गर्दै आएकोेले ट्राफिक व्यवस्थापनमा थप प्रभावकारी भएको बताए । उनले भने ‘काठमाडौं उपत्यकाको मुख्य मुख्य चोकमा ट्राफिकसँग सहर्काय गरी सामुदायिक प्रहरीको सक्रियतामा पैदल यात्रुहरुलाई सहज, सुरक्षा र प्रहरीको भेषमा भएकोले पैदल यात्रुहरु इमान्दारीका साथ नियम पालना गरेको छ ।’

अहिले सामुदायिक प्रहरीहरुले प्रत्येक दिन बिहान ९–११ र साँझ ४– ६ सम्म ट्राफिक व्यवस्थापन सम्बन्धी काम गर्दै आएको छ । सडक दुर्घटना बढ्दै जान थालेपछि नेपाल प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनमा सहयोग गरेको पाइन्छ ।

तीव्रगतिले जनधनको क्षति हुने भएकाले यसबारे चालक र पैदल यात्रुहरुलाई सचेत पार्नका लागि सामुदायिक प्रहरीलाई भीडभाड र सम्भावित दुर्घटना हुने क्षेत्रमा परिचालन समेत गरिएको छ । सवारी साधनबाट हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी र सामुदायि प्रहरीले सक्रियता बढाएको छ ।