• गृहपृष्ठ
  • पटक-पटक बलात्कार गरेको आरोपमा ठेचोका मिटरब्याजी सुर्जमान माली पक्राउ

पटक-पटक बलात्कार गरेको आरोपमा ठेचोका मिटरब्याजी सुर्जमान माली पक्राउ

Jul 29th, 2023

ललितपुर, साउन १३
श्रीमानको उपचारका लागि ५ लाख ऋण लिएको तिर्न नसक्दा घरजग्गा हडपेर पटक -पटक बलात्कार गरीएको आरोपमा ललितपुर ठेचोका सुर्जमान मालीलाई पक्राउ गरेको हो । मालीलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

पीडितले २०७५ सालमा श्रीमान् बिरामी हुँदा उपचारका लागि सुर्जमानसँग ५ लाख लिएकी थिइन् । पाँच लाख ऋण तिर्न नसक्दा सुर्जमानले सपनाको ८० लाख मूल्य पर्ने घरजग्गा पनि हडपे। मालीले र उनका साथीले समेत पीडितलाई पटक-पटक बलात्कार गरेको र केही पटक सामूहिक बलात्कारसमेत गरेको आरोप छ ।

घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।