• गृहपृष्ठ
  • सिनेरोयलः नेपालमा सिनेम्याटिक अनुभवमा नयाँ बेन्चमार्क

सिनेरोयलः नेपालमा सिनेम्याटिक अनुभवमा नयाँ बेन्चमार्क

Jul 27th, 2023

काठमाडौं, साउन ११
तीन स्क्रिनको आधुनिक लक्जरी सिनेमा हल सिनेरोयलले सबै चलचित्र प्रेमीहरूका लागि ढोका खोलेको छ र यसले नेपालका सिनेमा घरहरूप्रतिको वर्तमान धारणालाई परिवर्तन गरेको छ । अत्याधुनिक प्रविधि, आलीशान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ । ३ ओटा ऑडिटोरियममा ५६० सीटहरूको साथ, सिनेरोयल आधुनिक कला डेको डिजाइनको उत्कृष्ट बेजोड नमुना पनि हो । अत्याधुनिक प्रविधि र परिष्कृत आरामदायी अनुभव प्रदान गर्दै राष्ट्रिय गौरवको परियोजना निर्माण गर्दै नेपाललाई आधुनिक सिनेमा थिएटरको लक्जरीपूर्ण अनुभव अन्तर्राष्ट्रिय मानचित्रमा ल्याएको छ । गतिशील, दूरदर्शी र प्रेरणादायी युवा डा. राहुल थापाको वर्षौंको अनुसन्धान र मेहनतको परिणामको रुपमा यो रंगमञ्चलाई लिन सकिन्छ ।


संयुक्त राज्य अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउण्ड सिस्टम रहेको छ । सबै अडिटोरियमहरूमा प्रक्षेपण प्रणाली बेल्जियमबाट २०,००० लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बीम गेट–डी थ्री डी प्रणालीको साथ छन्, जसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गर्दछ । नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ । थिएटरले आफ्ना सबै थिएटरहरूमा रिक्लाइनर, लाउन्जर र स्लाइडर सीटहरूको आरामदायी मिश्रण प्रदान गर्दछ ।

यहाँ उपलब्ध स्वादिलो खाना अमेरिका देखि भित्रयाइएका अग्रेणी टेक्नोलोजीबाट निर्मित एक पूर्ण बिजुली पर्यावरण–अनुकूल भान्सामा, घरमा जस्तै तयार हुन्छ । जुन निकै नै फ्रेश तथा स्वादिलो रहेको छ । सिनेरोयलले अत्याधुनिक अग्नि सुरक्षा प्रणाली र पूर्ण रूपमा अग्नि–प्रतिरोधी अडिटोरियमहरूको साथ सबै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पालना गर्दछ । थिएटरले नेपालको पहिलो स्वचालित जीडीसी थिएटर व्यवस्थापन प्रणाली पनि प्रयोग गर्दछ जसले मल्टिप्लेक्समा केन्द्रीकृत नियन्त्रण सुनिश्चित गर्दछ ।

सिनेमा अनुभवको पुनरुत्थानको प्रतिज्ञा गर्दै, सिनेरोयलले वास्तवमै देशको चलचित्र प्रदर्शनी उद्योगमा एक नयाँ बेन्चमार्क सेट गरेको छ, जसले चलचित्र दर्शकहरूलाई उनीहरूले कहिल्यै नबिर्सने अनुभवको आभाष छोडेका छन् । यस थिएटरको उद्देश्य भारतका चलचित्र प्रेमीहरूलाई पनि आकर्षित गर्नु हो र यसले निश्चित रूपमा पर्यटनमा योगदान पु¥याउनेछ, जहाँ सीमा पार बस्ने चलचित्र प्रेमीहरू समेत यस असाधारण चलचित्र अवलोकन यात्राको एक हिस्सा हुने हाम्रो बिशवास रहेको छ ।