• गृहपृष्ठ
  • ललितपुरकाे टिकाथलीमा ‘भाजु फलफूल तथा तरकारी बजार’ सञ्चालनमा

ललितपुरकाे टिकाथलीमा ‘भाजु फलफूल तथा तरकारी बजार’ सञ्चालनमा

Jul 27th, 2023

ललितपुर, साउन ११

टिकाथलीमा भाजु फलफूल तथा तरकारी बजार सञ्चालनमा आएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथलीमा बिहीवार एक कार्यक्रम गरी भाजु फलफूल तथा तरकारी बजार सञ्चालनमा आएको हो ।

महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएका तरकारी तथा फलफूहरुलाई नगरपालिकाभित्रै खपत गर्ने गरी करिब १ करोडको लगानीमा भाजु फलफूल तथा तरकारी बजार सञ्चालन ल्याएको भाजु फलफूल तथा तरकारी बजारका सञ्चालक आदिल महर्जनले बताए ।

सञ्चालक महर्जनले ३० आना जग्गामा तरकारी बजारको लागि ७० वटा स्टलहरु रहेको बताए । उनले साना किसान, साना व्यापारीहरु र उपभोक्ताहरुलाई सहज बनाउनको लागि तरकारी बजार सञ्चालनमा ल्याएको बताए ।

कार्यक्रममा बोल्दै महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले महालक्ष्मी नगरभित्र उत्पादन भएका तरकारीहरु स्थानीय बजारमा नै बिक्रीवितरण गर्नुपर्ने बताए । उनले नगरपालिका भित्र उत्पादन भएको तरकारीहरु स्थानीय बजारमा नै बिक्रिवितरण गरी किसानहरुलाई प्रोत्साहन गर्नुपर्ने जानकारी दिए ।