डेंगी संक्रमण बढ्दै

Jul 27th, 2023

काठमाडौं, साउन ११

पछिल्लो समय बढ्दै गएको डेंगी संक्रमण ७० जिल्लामा फैलिएको छ । हाल संक्रमितको संख्या ४६ सय नाघेको छ भने संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । जुलाई २६ सम्म संक्रमितको संख्या चार हजार ६१९ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाले जनाएको छ ।

सबैभन्दा बढी सुनसरीमा दुई हजार ९७१ जना संक्रमित भएका छन् । यसबाहेक धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या सयभन्दा माथि छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी १५३ जना संक्रमित भएका छन् ।