०.७१ अंकले घट्यो नेप्से

Jul 27th, 2023

काठमाडौं, साउन ११

प्रिओपन सेसनमा नेप्से सूचक ०.७१ अंकले घटेको छ । योसँगै नेप्से सूचक २१५५.४८ को अंकमा झरेको छ ।

यो अवधिमा १८ कम्पनीको १३ सय ७५ कित्ता सेयर किनबेच भएको छ । जसमा ९ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको भाउ घटेको छ ।

बाँकी कम्पनीको भाउमा भने कुनै परिवर्तन भएको छैन । त्यस्तै सेसन अवधिमा ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।