• गृहपृष्ठ
  • लोकसेवाको ट्युसन पढाउने उच्च पदस्थ ५० जना कर्मचारीलाई सोधियो स्पष्टीकरण

लोकसेवाको ट्युसन पढाउने उच्च पदस्थ ५० जना कर्मचारीलाई सोधियो स्पष्टीकरण

Jul 26th, 2023

काठमाडौँ १० साउन

लोक सेवा आयोगको तयारी कक्षा पढाउने निजामती कर्मचारीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

कर्मचारीहरू कार्यालय समयमा तयारी कक्षा पढाउन गएको र त्यसले सेवा प्रवाहमा असर परेको भन्दै अख्तियारमा उजुरी परेको थियो । मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनका आधारमा ५० भन्दा बढी कर्मचारीहरूसँग विवरण मागेको हो ।

उजुरीका आधारमा ‘यथार्थ छानबिन गर्नू’ भनी मन्त्रालयमा पत्र पठाइएको आयोगले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजधानीका विभिन्न इष्टिच्युटहरुमा पढाउने ५० जनाभन्दा बढी कर्मचारीलाई स्पष्टीकरण सोधेको हो ।

अख्तियारले पठाएको सूचीमा संवैधानिक निकायका बहालवाला पदाधिकारीहरूदेखि सचिव, सहसचिव लगायतका कर्मचारी रहेका छन् ।