एक वर्षमा साढे ३ हजार किलो सुन आयात

Jul 25th, 2023

काठमाडौँ ९ साउन

गत आर्थिक बष २०७९ ८०को असार मसान्तसम्ममा साढे ३ हजार किलो सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्म ३ हजार ५०७।८८४ किलो सुन आयात भएको हो ।

गत आर्थिक बर्ष २०७८र७९ को सोहि अवधीसम्ममा ५ हजार ५ सय २४ किलो सुन नेपाल भित्रिएको थियो । सरकारले सरकारले सुन आयातको कोटा घटाएसँगै सुन आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ ।

सरकारले विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सुनमा कोटा घटाएसँगै अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष २ हजार किलो कम सुन आयात भएको हो । सरकारले अहिले दैनिक १५ किलो सुन आयात गर्न बैंकहरुलाई अनुमति दिएको छ ।

विभागको अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्मा यसरी आयात भएका ३ हजार ५०७ किलो सुनमा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपैयाँ बाहिरिएको जनाएको छ । जसबाट सरकारलाई ३ अर्ब १२ करोड ९९ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको समेत विभागले जनाएको छ ।

सरकारले ल्याउन दिने कोटाअनुसार बैंकिङ प्रणालीबाट भने गत वर्ष २ हजार ९१६ किलो आयात भएको छ । अघिल्लो वर्ष ५ हजार ५३ किलो आयात भएको थियो ।

यस्तै, यात्रामा गएका तथा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीद्वारा व्यक्तिगत तवर ५९१ किलो सुन तथा सुनका गहना आयात भएका छ । अघिल्लो वर्ष ४७१ किलो सुन तथा सुनका गहना आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

बैंकहरुले २२ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेका थिए भने यात्रामा गएका तथा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले भन्सार तिरेर ल्याएको सुनको मूल्य २१ अर्ब ५४ करोड रुपैयाँ बराबर रहेको विभागले जनाएको छ ।