• गृहपृष्ठ
  • वरिष्ठ सइ होटलको कोठामा मृत अवस्थामा भेटिए

वरिष्ठ सइ होटलको कोठामा मृत अवस्थामा भेटिए

Jul 25th, 2023

काठमाडौं, साउन ९।

बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् ।

बडिगाड गाउँपालिका वडा नं. ६ स्थित आशा होटलको तल्लो तलामा सोमबार राति पर्दाले पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेका हुन् ।

अनुसन्धानका लागि होटेल साहुनी र उनका छोरालाई चौकी लगिएको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए ।

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।