• गृहपृष्ठ
  • बोसिगाउँमा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर

बोसिगाउँमा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर

Jul 25th, 2023

काठमाडौं, साउन ९
चन्द्रागिरी नगरपालिका १० बोसिगाउँमा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जेष्ठ नागरीक चौतारी बोसिगाउँ र बोसिगाउँ जेष्ठ नागरिक दिवा सेवा केन्द्रले आयोजना गरेको हो ।

उक्त स्वास्थ्य शिविरमा २ सय २९ जनाले स्वास्थ्य सेव लिएको आयोजकले जानकारी दिए । काठमाडौं मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा विभिन्न सेवाहरु प्रदान गरेका थिए । यस्तै, निरोग फार्मेसी र एरो फार्मास्युटिकल्स प्रा.लि. ले निःशुल्क औषधी वितरण पनि गरेको थियो ।

सेवाहरू

१. आँखा रोग

२. नाक कान घाँटी

३. दन्त सेवा

४. स्त्री रोग

५. जनरल मेडिकल

६. जनरल सर्जरी

७. हाड जोर्नी तथा नशा

८. छाला रोग

परिक्षणहरू

१. भिडियो एक्सरे
२. ल्याब परिक्षण
३. ई.सी.जि.