• गृहपृष्ठ
  • मुग्लिन–नारायणगढ सडक खण्डमा फेरि खस्यो पहिरो, राजमार्ग अवरुद्ध

मुग्लिन–नारायणगढ सडक खण्डमा फेरि खस्यो पहिरो, राजमार्ग अवरुद्ध

Jul 25th, 2023

काठमाडौं ९ साउन

मुग्लिन–नारायणगढ सडक खण्डमा फेरि पहिरो खसेको छ । चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

उक्त सडकखण्डको पहिरोग्रस्त क्षेत्रबाट ढुंगा झरिरहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

पहिरोग्रस्त क्षेत्रमा तैनाथ राखिएको मेसिनद्वारा तत्कालै पहिरो हटाएर यातायात संचालन गराउँदै आएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।