• गृहपृष्ठ
  • ललितपुरको ताल्छिखेलमा  क्यान्सर जाँच्ने म्यामोग्राफि मेसिन हस्तान्तरण

ललितपुरको ताल्छिखेलमा  क्यान्सर जाँच्ने म्यामोग्राफि मेसिन हस्तान्तरण

Jul 25th, 2023

ललितपुर, साउन ९

ललितपुरको ताल्छिखेलमा महिलाहरुमा संक्रमण हुने स्तन क्यान्सर परिक्षणका लागि म्यामोग्राफि मेशिन हस्तान्तरण गरिएको छ । जापान सरकारको सहयोगमा नेपाल क्यान्सर केयर फाउन्डेसनलाई सोमबार नेपालका लागि जापानका राजदुत किकुता युकाताले मेसिन हस्तान्तरण गरेका हुन् ।

राजदुत युकाताले म्यामोग्राफि उपकरणले महिलाको जीवन बचाउन पहिलो पाइला हुने र बिरामीका परिवारको सुखी जीवानका साथै स्थानीय समुदायको विकासमा योगदान पुग्ने विश्वास लिएको बताए ।

नेपाल क्यान्सर केयर फाउण्डेशनका अध्यक्ष एवं बरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले म्यामोग्राफि मेशिन प्राप्त हुँदा थप हौसला मिलेको बताए । फाउण्डेशनले १७ शय भन्दा बढी सेवाग्राहिलाई स्क्रिनिङ गर्दा दुई जना पुरुषमा समेत स्तन क्यान्सर पाइएको उनको भनाई थियो ।