• गृहपृष्ठ
  • बागमती प्रदेशमा गाडी भाडा ३.२० प्रतिशतसम्म घट्ने

बागमती प्रदेशमा गाडी भाडा ३.२० प्रतिशतसम्म घट्ने

Jul 24th, 2023

काठमाडौं, साउन ८

बागमती प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनको भाडा घट्ने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यतायातको भाडा समायोजन प्रस्ताव मुख्यमन्त्री कार्यालयमा पठाउन लागेको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए ।

मुख्यमन्त्री कार्यालयबाट प्रस्ताव स्वीकृत भएपछि नयाँ भाडा दर राजपत्रमा प्रकाशित हुनेछ । गाडी भाडा २.३० प्रतिशतदेखि ३.२० प्रतिशतसम्म घटाउने प्रस्ताव गरिएको उनले जानकारी दिए । अरू गाडीको भाडा घटे पनि ट्याक्सीको भने तत्काल कुनै निणर्य भएको छैन ।

ट्याक्सी भाडा समायोजन गर्न सरोकारवाला निकाय, व्यवसायीसँग छलफल गरिने मन्त्रालयले जनाएको छ ।