• गृहपृष्ठ
  • एक सय किलो सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ

एक सय किलो सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ

Jul 23rd, 2023

काठमाडौँ ७ साउन

त्रिभुवन विमानस्थलबाट एक सय किलो (एक क्विन्टल) सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको विशेष टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको हो ।

आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ, खरिदार एवम् जाँचकी कुमार ढकाल तथा भन्सार एजेन्टहरु यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा रहेका छन् ।

तस्करीमा संलग्न अन्यको खोजी र अनुसन्धान जारी रहेको विभागले जनाएको छ । हालसम्म यस प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् ।